ad ad

समाज


थप ३६ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

थप ३६ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

नेपालखबर
जेठ १०, २०७७ शनिबार १०:४०,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ३६ जनमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ।

शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता देवकोटाले सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको बताए।

उनीहरु संक्रमणको आशंकामा सेती अस्पतालको आइसोलेसमा थिए। भारतबाट आएका उनीहरुको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर विजधिबाट परीक्षण गर्दा पनि संक्रमण देखिएको हो। संक्रमितहरु २० वर्षीय २ जना, २२ वर्षीय १ र २७ वर्षीय १ गरी चार पुरुष रहेका छन्।

त्यस्तै कोशी अञ्चलको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको झापा गाउँपालिकाका डिल्लीराज मावि क्वारेन्टिनमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ देखिएको छ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा बाँके नरैनापुरको मद्रसाका १७ देखि ३२ वर्षसम्मका ६ जना पुरुष, नरैनापुर-३ राष्ट्रिय प्राविमा गरिएको नमूना संकलनमा १५ जनाको रिपोर्ट पोजिटिभ आएको हो। उनीहरु १६ देखि ३२ वर्षका पुरुष छन।

नरैनापुर-१ बाँकेकै राष्ट्रिय प्राविमै गरिएको नमूना संकलनमा ६ जनामा पोजिटिभ देखिएका छन्। उनीहरु २२ देखि ५० वर्षका छन।

यस्तै बर्दियाको बढैया तालका १९ वर्षीय पुरुष र सुर्खेतका दुई पुरुष र १ महिलाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ।

प्रवक्ता देवकोटाले संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाको खोजीकार्य सुरु भइसकेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .