समाज


भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा, नेपाल छिर्दा समातिए

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा, नेपाल छिर्दा समातिए

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १९:३४, काठमाडौँ

नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उनीहरूलाई सोमबार साँझ नेपाल-भारत सीमा क्षेत्र गड्डाचौकीबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गुल्मीका विक्रम परियार, प्रभास विक, सप्तरीका रामबालक मण्डल, काभ्रेपलाञ्चोकका सुधन घिमिरे, रित भुजेल, दिपेश तामाङ, अर्घाखाँचीका पंकज विश्वकर्मा, ओखलढुंगाका धीरज सुनुवार, पर्वतका दिनेश काफ्ले, मकवानपुरका प्रकाश अर्याल, पाल्पाका सुरज गोतामे र रुपन्देहीका सागर बिक रहेका छन्।

भारतको कुशीनगरमा ‘विन्सपायर वर्ल्ड कम्पनी’ मा विभिन्न पोस्टमा जागिर लगाइदिने प्रलोभनमा पारेर ठगी गरेको उजुरी परेको थियो।

कैलाली गौरीगंगा नगरपालिका-७, बहुलियाका २२ वर्षीय चक्रबहादुर साउदसहित आठ जनाले जेठ २२ गते कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए। भारतीय प्रहरी, भारतीय दूतावास, किन इन्डिया र नेपाली राजदूतावासका एसपी प्रकाश मल्लसमेतको प्रहरी टोलीको सहयोगमा पीडित विशाल खत्रीलाई देहरादुनबाट उद्धार गरिएको थियो। सो क्रममा संलग्नहरू भाग्ने क्रममा नेपाल छिर्न खोज्दा प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार विभिन्न किसिमका तालिमहरूका नाममा होस्टेलमा राख्ने र घरपरिवारसँग फोन गर्न नदिने गरे विभिन्न धम्कीहरू दिने गरिएको थियो। तालिममा अन्य मानिसहरूलाई के-कसरी बोलाउने भनी प्रशिक्षण दिने गरिएको थियो।

सुरुमा काम गर्नका लागि प्रतिव्यक्ति १० हजार भारतीय रुपैयाँका दरले नगद लिएको र प्रशिक्षणपछि दुई लाख रकम जम्मा गरे प्रतिमहिना ३५/४० हजार भारु तलब दिने र नयाँ मानिस बोलाएमा प्रतिव्यक्ति २४ हजार ९१० भारु पाउने भन्दै प्रलोभनमा पारिएको प्रहरीले जनाएको छ।

सो कम्पनीमा ८ वटा पदहरू ब्रान्चेज, ब्यारेन, काउन्ट, प्री मार्की, मार्की, प्री डुक, डुक, यस डुक भई पदीय अनुसारको फरक–फरक जिम्मेवारी दिई पाँचौँ पदमा पुगेपछि होस्टेल सञ्चालन गर्न पाउने र महिनाको एक देखि तीन लाख भारु तलब हुन्छ भनी प्रलोभनमा पारेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad