समाज


विदेशीलाई नेपाली नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

विदेशीलाई नेपाली नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

नेपालखबर
जेठ २७, २०८३ बुधबार १४:३२, काठमाडौँ

विदेशी नागरिकलाई नेपाली नागरिकता दिनका लागि सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन्। 

झुट्टा विवरण पेश गरी नागरिकता बनाएको कसूरमा दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर) सहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। 

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडा सचिव राजेशकुमार कहार, तत्कालीन कार्यालय सहायक मिना चौधरी र राजपुर गाउँपालिका–४ का आलम जोल्हा रहेका छन्। 

प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्न अयोग्य गैर नेपाली नागरिक आलम जोल्हालाई नागरिक दिइएको पाइएको छ।

राजपुर गाउँपालिका-४ का सनाउल्ला जोल्हाको छोरा देखाएर आलमलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार, सनाउल्लाहको मृत्यु भइसकेको पाइएको छ। 

चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध नागरिकता सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad