समाज


पीसीआर नेगेटिभ देखिएपछि घर पठाएकाको पुन: परीक्षण गर्दा पोजिटिभ

पीसीआर नेगेटिभ देखिएपछि घर पठाएकाको पुन: परीक्षण गर्दा पोजिटिभ

नेपालखबर
जेठ ११, २०७७ आइतबार ११:३५,

मोरङको बाह्रदसी गाउँपालिका वडानम्बर ३ का एक जना कोरोना संक्रमितलाई पहिलो पटक पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि घर पठाइएको पाइएको छ।

घर पठाइसकेपछि शंकाका आधारमा दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा भने ती ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

'भारतबाट आएपछि आरडीटी गर्दा पोजिटिभ देखिएको थियो। त्यसै आधारमा पीसीआर गर्दा त्यसमा भने नेगेटिभ देखियो,' वडाध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले भने, 'त्यही आधारमा संक्रमितलाई घर पठाइएको थियो। तर शंकाका आधारमा पुन: परीक्षण गर्दा आज पोजिटिभ रिजल्ट आयो।'

दिल्लीमा कार्यरत उनी ७ गते नेपाल आएका थिए। नेपाल आए लगत्तै क्वारेन्टिनमा राखेर उनको आरडीटी गरिएको थियो। आरडीटीले भने रिजल्ट पोजिटिभ देखायो। लगत्तै ८ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएपछि उनलाई क्वारेन्टिनबाट विदाई गरिएको वडाध्यक्ष राजवंशीले बताए।

शंका लागेपछि पुन: शनिबार उनको स्वाव परीक्षण गरिएको थियो। उक्त स्वावको रिजल्ट आज आउदा उनी संक्रमित भेटिएका हुन्।

पीसीआर नेगेटिभ भन्दै एकदिन घरमा बिताएपछि उनको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ गरि परीक्षण गरिने राजवंशीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad