हेटौँडामा एक महिलामा कोरोना संक्रमण देखिएको छ। हेटौँडा–१ चौकीटोलकी २५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड–१९ का प्रवक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिए।
उनका अनुसार ती महिलाको हेटौँडास्थित कीटजन्य रोग तथा प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ।
संक्रमित महिलाको चौकीटोलस्थित घर वरिपरि सिल गर्नुका साथै सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए। ती महिलाको स्वास्थ्यावस्था सामान्य रहेको र उपचारका लागि भरतपुर पठाइएको बताइएको छ। हेटौँडामा अहिले लकडाउन कडा पारिएको छ। रासस

प्रतिक्रिया