ad ad

समाज


बिहानैदेखि देशभर माैसम बदली, पूर्वदेखि पश्चिमसम्मै वर्षाको सम्भावना

बिहानैदेखि देशभर माैसम बदली, पूर्वदेखि पश्चिमसम्मै वर्षाको सम्भावना

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १:२०,

आज (बिहीबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले (बिहीबार बिहान) मध्य क्षेत्रमा मौसम सामान्य बदली छ भने देशका बाँकी स्थानमा आंशिक बदली छ।

विशेषगरी अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य र पूर्वी पहाडका थोरै स्थानमा तथा पश्चिमका केही स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना देखिएको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

‘छिटफुट वर्षाको सम्भावना त अहिल्यैदेखि देखिएको छ,’ बिहीबार नेपालखबरसँग उनले भनिन्, ‘तर पनि विशेषगरी अपराह्नपछि नै वर्षाको सम्भावना छ।’

यस्तै राति पनि मध्य र पूर्वी भू-भागका केही स्थान साथै पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना महाशाखाले जनाएकाे छ। 

मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव भने पूर्वी भूभागनजिकै निम्न चापीय रेखा छ। साथै स्थानीय वायुको पनि प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .