समाज


दाङमा एक युवाको शव फेला, तीन जना पक्राउ

दाङमा एक युवाको शव फेला, तीन जना पक्राउ

नेपालखबर
जेठ १७, २०७७ शनिबार ४:२०,

दाङको तुलसीपुरमा एक युवाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका-९ मैनामगरका २८ वर्षी मन्दिप भुजेको शव फेला परेको हो।

शनिबार बिहान स्थानीय ज्ञानज्योति आधारभुत विद्यालय नजिकै भुजेलको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। उनको हत्या भएको आशंका प्रहरीले गरेको छ।

उनको गएराति हत्या भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए। घटनाको अनसुन्धानका लागि प्रहरीले स्थानीय तीन युवालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad