समाज


भारतबाट आएर दैलेखको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

भारतबाट आएर दैलेखको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

नेपालखबर
जेठ १७, २०७७ शनिबार ६:२८,

दैलेखको दुल्लु नगरपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ। 

उक्त वडाका अध्यक्ष लालबहादुर रावतका अनुसार शनिबार बिहान दुल्लु नगरपालिका - ११ का ३५ वर्षीय युवकको मृत्यु भएको हो। 

'उनी जेठ ९ गते भारतको गुजरातबाट आएका थिए,' रावतले भने, 'दुई दिनअघि नै स्वाव संकलन गरिसकिएको छ। आज(शनिबार) दिउँसो २ बजे रिपोर्ट आउने जानकारी पाएका छौं।'

मृतकको स्वाव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad