डडेलधुरामा क्वारेन्टिमा राखिएका एक बालकको मृत्यु भएको छ।
डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका नवदुर्गा गाउँपालिका-३ का ६ वर्षीय बालकको शनिबार राति मृत्यु भएको हो।
ती बालक आमाबुबासँगै शनिबार नै गौरीफन्टा नाका भएर भारतबाट आएका थिए। उनी राति अचानक बिरामी भएपछि डडेलधुरा अस्पताल लगिएकामा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
कोरोना परीक्षणका लागि बालकको स्वाब संकलन गरी कैलाली प्रयोगशालामा पठाइने अस्पतालले जनाएको छ।

प्रतिक्रिया