समाज


धादिङकी यी महिलाले जन्माइन् एकैपटक तीन शिशु

धादिङकी यी महिलाले जन्माइन् एकैपटक तीन शिशु

नेपालखबर
जेठ १९, २०७७ सोमबार १८:९,

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्।

अस्पतालका अनुसार धादिङकी २६ वर्षीया सविता तामाङले ३ छोरी जन्माएकी हुन् ।

पहिलोपटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिन अर्थात् २४६ का दिन सिजेरियन विधिबाट तीन शिशु जन्माएकी हुन्। तीनै बच्चा स्वस्थ छन्।

चिकित्सकका अनुसार उनले गत वैशाख २० गते राति १०:५४ मिनेटमा पहिलो, १०:५५ मा दोस्रो र १०:५६ मा तेस्रो शिशु जन्माएकी हुन्। 

जन्मिएका बेला पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम थियो।

पहिलो र दोस्रोको तुलनामा तौल बढी भएको र स्वास्थ्यमा कुनै समस्या नभएपछि तेस्रो शिशुलाई सुरुदेखि नै सुपरीवेक्षण वार्डमा राखिएकाे थियो। उसलाई ७ दिनपछि आमासँगै नियमित स्तनपान गराइएको थियो भने पहिलो र दोस्रो शिशुलाई २८औं दिनमा आमाको साथमा राखियो।

तौल कम भएका र सास फेर्न अप्ठेरो भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको शिशुका फोक्सोलगायत अन्य अंग विकास भयाे। स्वास्थ्य सामान्य भएपछि २८औं दिन सोमबार डिस्चार्ज गरिएकाे प्रसूति गृहले जानकारी दिएकाे छ। अहिले तीनै शिशु आमाको दुध राम्रोसँग चुस्न सक्ने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad