समाज


भोलिदेखि पनि पूरानै सवारी पासले आवतजावत गर्न पाइने

भोलिदेखि पनि पूरानै सवारी पासले आवतजावत गर्न पाइने

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ८:५३,

सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने जनाएको हो।

यी पास नवीकरण गरिरहनु नपर्ने प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए।

यसअघि जारी भएका ७ दिने र त्योभन्दा बढी समय भएका पासले आवतजावत गर्न कुनै समस्या नहुने प्रशासनले जनाएको छ।

अब सवारी पास आवश्यक पर्नेले जिल्ला प्रशासनको इमेल वा फेसबुकमा प्रमाण खुल्ने कागजात पठाउनु पर्नेछ।

CDO.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad