समाज


विदेशमा रोकिएका डेढ सयबढी नेपालीका शव ल्याउने तयारी

विदेशमा रोकिएका डेढ सयबढी नेपालीका शव ल्याउने तयारी

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ८:४९,

सरकारले विदेशमा रोकिएका नेपालीका शव पनि ल्याउने भएको छ। अलपत्र परेका नेपाली फर्काउन चार्टर्ड उडान गर्ने तयारी गरिरहेको सरकारले यही समयमा शव पनि ल्याउने भएको हो।

सकरारले बनाएको कार्ययोजनामा रोकिएका शव ल्याउने व्यवस्था मिलाउन परराष्ट्र र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई भनिएको छ।

कोरोना माहामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा २ सय २७ नेपालीका शव विभिन्न देशमा रोकिएका थिए। ल्याउन समय लाग्ने भएपछि ७५ शव विदेशमै अन्त्येष्टि गरिदिन परिवारले भनेका थिए। बाँकी रहेका १ सय ५२ शव ल्याउन सकिएको थिएन।

कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव ल्याउन नसकिने भए पनि अन्य शव ल्याइने वैदेशिक रोजगार बोर्डले जनाएको छ। सबैभन्दा धेरै शव मलेसिया र साउदीमा छन्। मलेसियामा ४८ र साउदीमा ४७ वटा शव रोकिएका छन्। कतारमा २७ र युएईमा १२ शव रोकिएका छन्।

यस्तै कुवेतमा ११, बहराइनमा ३, ओमानमा १ र अन्य देशमा ३ वटा शव छन्।

यीमध्ये केही लकडाउन सुरु हुनुभन्दा पहिले नै ज्यान गुमाएका नेपाली हुन्। यसबीचमा कोरोना बाहेकका कारणले ज्यान गुमाएका नेपालीको शव पनि रोकिएको थियो।

नेपालमा ल्याइसकेपछि मृतकका परिवारलाई शव जिम्मा लगाउने व्यवस्था श्रम मन्त्रालयले गर्नेछ।

शव ल्याउने खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्ने छन्। तर, विशेष कारण उनीहरुले नब्याेहोर्ने अवस्था भएमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट ब्यहोरिने सरकारको योजना छ।

सरकारले विदेशमा अलपत्र परेका आफ्ना नागरिक फर्काउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। अहिले ती देशबाट फर्किनेहरुको विवरण संकलन भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad