समाज


जर्ज फ्लोएड हत्याविरुद्धको आन्दोलनलाई साथ दिएका प्रहरी भन्छन्ः ट्रम्पले मुख बन्द गर्नुपर्छ

जर्ज फ्लोएड हत्याविरुद्धको आन्दोलनलाई साथ दिएका प्रहरी भन्छन्ः ट्रम्पले मुख बन्द गर्नुपर्छ

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ८:४४,

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको हत्याको विरोधमा सातौं दिन पनि सोमबार अमेरिकाभर प्रर्दशन भएको छ।

प्रहरी नियन्त्रणमै रहेका क्रममा फ्लोएडको मृत्यु भएपछि आन्दोलन भइरहेको हो। यसबीचमा टेक्सासस्थित ह्युस्टनका प्रहरी प्रमुख आर्ट एसभेडोले अमेरिकामा जारी आन्दोलनको साथ दिएका छन्।

प्रहरीले हथकडी लगाएकै अवस्थामा फ्लोएडको घाँटीमा घुँडाले ८ मिनेटसम्म थिचेका थिए।

सास फेर्न नसक्दा उनको मृत्यु भएको थियो। यो घटना मिनिसोटाको मिनियापोलिसमा गत मे २५ मा भएको थियो।

प्रहरी प्रमुख एसभेडोका अनुसार प्रहरी जसले घुँडाले फ्लोएडको घाँटी थिचे र ३ प्रहरी जसले फ्लोएडलाई समाति रहे उनीहरु अपराधी हुन्।

सार्वजनिक भिडियोमा फ्लोएडले आफूलाई सास फेर्न गाह्रो भएको प्रहरीलाई बताएको देखिन्छ र उनले आफ्नी आमाको नाम लिएको सुन्न सकिन्छ। यद्यपी प्रहरीले घुँडाले घाँटी थिच्न भने छाड्दैनन्।

एसभेडो भन्छन्,‘चार प्रहरीले गरेको अपराध अक्षम्य छ र उनीहरुलाई कानुनअनुसार कारवाही हुनुपर्छ।’

भिडियो

ह्युस्टनका प्रहरी प्रमुख एसभेडोल रंगभेदविरुद्धको आन्दोलनलाई साथ दिएका छन्। उनले न्यायको पक्षमा ह्युस्टनमा प्रहरी सँधै जनताको साथमा हुने सीएनएनसँग बताए।

एसभेडो प्रदर्शनकारीसँग सडकमा हिँडेको भिडियो भाइरल बनेको छ। उनले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गर्दै आएका छन्।

प्रहरीले प्रदर्शनलाई साथ दिनु नौंलो विषय हो। प्रहरी खराब र असल हुने र असल प्रहरीले जनताको समस्यालाई बुझ्ने भएकाले आफूले यस आन्दोलनलाई साथ दिएको उनी बताउँछन्।

यस्ता रंगभेदी घटना नदोहोरियोस भनेर पनि आन्दोलनलाई आफूले साथ दिएको उनको भनाइ छ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जारी आन्दोलनलाई दबाउन गभर्नरहरुसँग आग्रह गरेका छन्। यस विषयमा एसभेडो भन्छन्,‘यदी ट्रम्पसँग राम्रो र रचनात्मक बोल्न केही छैन भने उहाँले मुख बन्द गर्नुपर्छ।’

जर्ज फ्लोएडको हत्याको विषय दबाउने नभएर दृष्टिकोण परिवर्तन गर्ने विषय भएको उनी बताउँछन्। यस्ता घटना नदोरियोस् भनेर प्रदर्शन हुनु जायज भएको बताउँदै उनले आफू हिंस्रक आन्दोलनको पक्षमा भने नभएको दोहोर्याए।

यस्तै उनले देशको नेता छान्दा ध्यान दिनुपर्ने बेला आएको पनि उल्लेख गरे। एसभेडोले आफू प्रहरी प्रमुख भइन्जेल रंगभेदविरुद्धको घटना हुन नदिने पनि बताए। ह्युस्टनमा प्रहरी जनताको साथी भएको उनको भनाइ छ। एजेन्सी

यो पनि: ‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad