समाज


लकडाउनको ७२ औँ दिन : सवारी जाँच केही खुकुलो भएसँगै बढ्यो चाप

लकडाउनको ७२ औँ दिन : सवारी जाँच केही खुकुलो भएसँगै बढ्यो चाप

नेपालखबर
जेठ २१, २०७७ बुधबार ८:८,

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको बुधबार ७२ दिन पुगेको छ।

लकडाउन जारी भए पनि बुधबार उपत्यकामा सवारी चाप बढेको छ। गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ। त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कँदा उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ। शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गतेसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको थियो।

बुधबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसधानको आवागमन बढेको पाइएको छ। उपत्यकाका, तिनकुने, बानेश्वर, माइतिघर, थापाथली, सुन्धारा, जमल, दरबारमार्ग लगायतका ठाउँहरुमा सवारी साधनको चाप अत्याधिक बढेको छ। यस्तै मुख्य–मुख्य चोकहरुमा सवारी जाम समेत भएको छ।

प्रहरीले सवारी जाँचलाई केही खुकुलो बनाएको छ। अत्यावश्यक सेवाका सवारी साधन, पास लिएका सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजी क्षेत्रमा कर्मचारी लगायतलाई समेत समान्य सोधपुछ गरी पठाउने गरेको छ।

यस्तै भित्री सडकमा पनि अत्यावस्यक खाद्य सामग्रीका पसलहरु खुलेका देखिन्छन्। मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरिरहेका छन्। यस्तै समाजिक दूरी काय गर्दै, मास्क तथा पन्जा लगाई मानिसहरु बाहिर निस्किएको देखिन्छ।

लामो समय लकडाउन हुँदा मानिसहरुको आर्थिक जीवन र देशको अर्थतन्त्रमा समेत ठूलो नोक्सानी भएको भन्दै निजी क्षेत्रले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न दबाब दिँदै आएको छ। त्यसैले पनि बुधबार उपत्यकामा लकडाउन उल्लङ्घन गरी काममा निस्कनेहरुको संख्या बढ्दा मुख्य सडकहरुमा सवारी चाप बढेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad