अटो


कर वृद्धि फिर्ताको माग गर्दै विद्युतीय सवारीसाधन आयातकर्ता संघले आन्दोलन गर्ने

कर वृद्धि फिर्ताको माग गर्दै विद्युतीय सवारीसाधन आयातकर्ता संघले आन्दोलन गर्ने

नेपालखबर
जेठ २१, २०७७ बुधबार ८:१,

आगामी आर्थिक वर्षको लागि सरकारले आर्थिक विधेयकमार्फत कर वृद्धि गरेपछि विद्युतीय सवारीसाधन आयातकर्ता व्यवसायीहरु आन्दोलित भएका छन्।

विद्युतीय सवारीसाधन आयातकर्ता संघले बढाइएको कर फिर्ता लिन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने बताएको हो।

संघका अध्यक्ष नवराज पौडेलले सरकारले आफ्नै नीतिविपरीत विद्युतीय सवारीसाधनमा भन्सार महशुल बढाएकाले सम्बन्धित निकायसँग समन्वय गरी कर फिर्ता लिन पहल गर्ने निर्णय गरिएको जानकारी दिए।

संघले कर फिर्ताको माग गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ। संघले कर फिर्ताका लागि अन्य संघ÷संस्थासँग पनि समन्वय गर्ने जनाएको छ।

यही जेठ १५ मा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटसँगै आर्थिक विधेयकमा विद्युतीय सवारीको भन्सार महशुल ४० प्रतिशत पु¥याइएको छ। यसअघि उक्त महशुल १० प्रतिशत मात्रै थियो। त्यस्तै यसअघि अन्तःशुल्क नलागे पनि अहिले मोटरको पावरअनुसार ३० देखि ८० प्रतिशत कर बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad