रौतहटमा जलाउन ठिक्क पारेको शव प्रहरीले बरामद गरेको छ।
रौतहटको चन्द्रपुर नगरपालिका-१०, बालचनपुरस्थित घाघी खोलामा जलाउनै लागेको अवस्थामा २६ वर्षीया युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको हो।
चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाहीका अनुसार जलाउन लागिएको अवस्थामा शष्मा कुमारीको शव नियन्त्रणमा लिइएको हो।
शंकास्पद अवस्थामा शव जलाउन लागेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले शव बरामद गरेको हो।
घटना अनुसन्धानका लागि प्रहरीले मृतक युवतीका श्रीमान मुकेश पण्डितलाई नियन्त्रणमा लिएको छ। घरका अन्य सदस्य भने फरार रहेको प्रहरीले जनाएको छ।
ती महिलाको मृत्यु के कति कारण भयो भन्नेबारे विशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जलाउन लागिएकाे शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखिएकाे छ।

प्रतिक्रिया