प्रदेश २ मा पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन्।
बिहीबार रौतहटका मात्रै ६५ जनासहित प्रदेशमा १०२ जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
यस्तै, धनुषा ६, महोत्तरी ३, बारा १२, पर्सा १, सप्तरी १२ र सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएकाे छ।
प्रदेश २ सभामा कार्यरत ५ जना सुरक्षाकर्मी एवं मर्यादापालकलाई पनि कोरोना पुष्टि भएको निर्देशनालयले छ। यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ सय ६१ पुगेको छ।

प्रतिक्रिया