मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। घटनामा परी अरु ५६ जना घाइते भएका छन्।
देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित तथा लोकप्रिय होटलमा भएको यो आक्रमणको अल सबाबका लडाकूहरुले गरेको दाबी गरिएको छ।
मृत्यु भएका मध्ये तीन केन्याली, एक क्यानाडाली, एक बेलायती, दुई अमेरिकी र तीन तान्जानीयाली नागरिक रहेका अधिकारीहरुले जनाएका छन्।
घटनामा परी दुई जना पत्रकारको पनि मृत्यु भएको पत्रकार सम्वन्धी संगठनले पुष्टि गरेको छ। त्यसैगरी घाइते भएका मध्ये दुई जना चिनियाँ नागरिक रहेका क्षेत्रीय अध्यक्ष अहमद मोहमद इस्लामले पत्रकारहरुलाई जानकारी दिए।
एएफपीका अनुसार आक्रमणमा चार जना संलग्न भएको अधिकारीहरुले बताएका छन्। विस्फोटन धेरै ठूलो भएको प्रत्यक्षदर्शीको भनाई छ।

प्रतिक्रिया