समाज


बाढी र पहिरोमा ज्यान गुमाउनेका परिवारलाई प्रदेश २ ले तीन लाख दिने

बाढी र पहिरोमा ज्यान गुमाउनेका परिवारलाई प्रदेश २ ले तीन लाख दिने

नेपालखबर
असार २८, २०७६ शनिबार ८:५०,

तीन दिनदेखि जारी वर्षासँगै आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई प्रदेश २ सरकारले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

प्रदेश २ सरकारले बाढी र पहिरोमा परेर ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार ३ लाख दिने निर्णय गरेको छ।

शनिबार बिहान बसेका मन्त्रि परिषदको बैठकले मृतकका परिवारलार्य तीन लाख दिने निर्णय गरेको प्रदेश २ का मुख्य सचिव दीपक सुवेदीले जानकारी दिए।

उनले राहात र उद्धारका लागि प्रदेश सरकारको सक्रियतासँगै संघसँग पनि अनुरोध गर्ने निर्णय भएको बताए।

बाढीका कारण तराईका धेरै जिल्लामा भौतिक र मानवीय क्षति भएको छ। सप्तरीमा सिंगो गाउँ नै डुबानमा परेको छ भने रौटहटको सदरमुकाम गौर नै डुबानमा परेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad