समाज


फेसबुकमा बीफ सुपको फोटो पोस्ट गर्नेमाथि कुटपिट

फेसबुकमा बीफ सुपको फोटो पोस्ट गर्नेमाथि कुटपिट

नेपालखबर
असार २८, २०७६ शनिबार ८:३६,

तमिलनाडुको नागापट्टीनम जिल्लामा कुटपिट भएको हो। (बीफको अर्थ गाइ या गोरुको मासु हो)

२४ वर्षीय मोहम्मद फैजानले आफ्नो फेसबुकमा बिहीबार दिउँसो ३ बजेको समयमा बीफ सुप मिठो लाग्ने बताउँदै त्यसको फोटो हालेका थिए।

सोही दिन उनीमाथि केही व्यक्तिले कुटपिट गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

हिन्दुवादी संगठनमा आवद्ध सदस्यहरुले मोहम्मद फैजानमाथि आक्रमण गरेको आशंका गरिएको छ।

फ़ैज़ान की पोस्ट

प्रहरीले आक्रमणको आरोपमा चार व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ।

मोहम्मद फैजानको मुश्लिम संस्कारमा बीफलाई सामान्य मानिन्छ। तर, हिन्दु धर्ममा आस्था राख्नेहरु यसलाई अनुचित मान्दछन्।

भारत धर्मनिरपेक्ष राष्ट्र भए पनि त्यहाँ मुशलमान र हिन्दुवादीहरु बीच चर्काचर्की परिरहन्छ।

 माेहम्मदले हिन्दु सस्कार मान्नेले मुसलमानकाे अस्तित्व स्वीकार गर्नुपर्ने बताएका छन्। उनीमाथि कुटपिट भएपछि उनकाे समर्थनमा मानिसहरुले बीफ खानु अधिकारकाे कुरा भएकाे बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad