समाज


वर्षा वितण्डाः बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

वर्षा वितण्डाः बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

नेपालखबर
असार २८, २०७६ शनिबार १०:४,

अविरल रुपमा परेको वर्षासँगै आएको बढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार (आज) दिउँसो ३ बजेसम्म बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको हो।

प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढी ललितपुरमा ५ जनाको ज्यान गएको छ।

त्यस्तै खोटाङ, भोजपुर, काठमाडौं र काभ्रेमा ३-३, मकवानपुर, सिन्धुली, धादिङ, २-२ जना , इलाम, झापा, ओलखढुंगा, सुनसरी, पर्सा, बारा, रामेछाप, र चितवनमा १-१ जनाले ज्यान गुमाएका छन्।

यसैगरी बाढी र पहिरोमा परेर १८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।  सिन्धुलीमा ४, भोजपुरमा ३, पाँचथर, झापा, मोरङ, सुनसरी, महोत्तरी, पर्सा, रौतहट, महोत्तरी, धादिङ र काठमाडौंका १-१ जना बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ।

badi s1दाङको गडवा गाउँपालिका –५, बोधिपुरका ५० घर परिवार राप्ती नदीको डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाँदै सुरक्षाकर्मी।

यस्तै बाढीपहिरोमा परी ११ जना घाइते भएका छन्। जसमा धादिङ र मकवानपुरका ३-३, काभ्रेका २, खोटाङ, सुनसरी, रामेछाप, धादिङ, दोलखाका १-१ जना घाइते छन्।

काठमाडौं उपत्यकासहित देशभरबाट १३३ जनाको उद्धार गरिएको छ भने थुप्रै ठाउँमा अहिले पनि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

badi s2वर्षाका कारण डुबानमा परेका वीरगञ्जको रामगढवाका स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजान मद्दत गर्दै सुरक्षाकर्मी।

badi s3वर्षाका कारण जलमग्न भएको जनकपुर एयरपोर्टको धावनमार्ग।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad