सिरहामा प्रहरीले आज (आइतबार) दुई थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेकाे छ।
सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विनोद घिमिरेका अनुसार आज दिउँसो २ः४५ बजे जिल्लाको गोलबजार नगरपालिका-३, जम्दह कुपगैरी स्वास्थ्य चौकीनजिक क्षेत्रबाट सोही वडाका तेतरिया बस्ने ६९ वर्षीय कुलबहादुर पूर्वछाने र वर्ष ६२ का तिलकबहादुर थापा एक/एक थान बन्दुकसहित पक्राउ परेका हुन्।
उनीहरूका साथबाट गोली लोड भएको भरुवा बन्दुक २ थान, छर्रा, बारुदलगायत सामग्री बरामद भएको उनले जानकारी दिए।

विशेष सूचना पाएपछि गोलबजारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
‘पूर्वपश्चिम राजमार्गभन्दा उत्तर चुरे जंगल क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्,’ डीएसपी घिमिरेले नेपालखबरसँग भने, ‘वन्यजन्तु सिकारका लागि हिँडेका हुन सक्छन्, घटनाबारे अनुसन्धान गरिरहेका छौं।’

प्रतिक्रिया