प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार पाँच महिला र ४९ जना पुरुष गरी ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
धनुषामा २१ जना, महोत्तरीमा १९ जना, सप्तरीमा १३ जना र सर्लाहीमा १ जनामा कोरोना पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए। यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ भने २६३ संक्रमित उपचार पश्चात निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिक्रिया