समाज


जोर्ज फ्लोइड प्रकरणपछि ट्रम्पले भनेः संदिग्ध व्यक्तिको घाँटी पक्रिने तरिका बन्द गर्नुपर्छ

जोर्ज फ्लोइड प्रकरणपछि ट्रम्पले भनेः संदिग्ध व्यक्तिको घाँटी पक्रिने तरिका बन्द गर्नुपर्छ

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ७:८,

अफ्रिकी मूलका अमेरिकी नागरिक जोर्ज फ्लोइडको प्रहरीको नियन्त्रणमा रहेको क्रममा मृत्यु भएको थियो।

हथकडी लगाइएको अवस्थामै प्रहरीले फ्लोइडको घाँटीमा ९ मिनेट थिचेका थिए। त्यसको केहीबेरमै फ्लोएडको मृत्यु भएको थियो।

फ्लोइडको मृत्यु भएपछि अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन जारी छ। मानिसहरुले ‘अश्वेतको जीवनले पनि अर्थ राख्छ’ भन्ने अभियान संचालन गरेका छन्।

घाँटी थिचेकै कारण फ्लोएडको मृत्यु भएपछि हाल राष्ट्रपति ट्रम्पले संदिग्धलाई नियन्त्रणमा लिँदा प्रहरीले घाँटी पक्रने तरिकालाई परिवर्तन गर्नुपर्ने जोड दिएका हुन्।

हाल अमेरिकका धेरै राज्यमा संदिग्ध व्यक्तिको घाँटी पक्रन नपाइने नियम बनाइएको छ। ट्रम्प पनि चोकहोल्डविरुद्ध देखिएका हुन्।

‘चोकहोल्ड तरिका बन्द गर्दा नै राम्रो हुन्छ’ ट्रम्प भन्छन्,‘अब प्रहरीले कसैलाई पक्राउ गर्दा सतर्क हुनुपर्छ।

यद्यपी उनले कतिपय अवस्थामा यो उपाय काम लाग्न सक्ने पनि बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad