समाज


बालसंवेदनशील पत्रकारिता पुरस्कार वितरण

बालसंवेदनशील पत्रकारिता पुरस्कार वितरण

नेपालखबर
असार २९, २०७६ आइतबार ११:४७,

नेपाल पत्रकार महासंघ र सामुदायीक रेडियो प्रसारक संघ नेपाल एवम् केन्द्रीय बालकल्याण समितिको सहकार्यमा ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘बालसंवेदनशील सामुदायीक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले विभिन्न विधाका पुरस्कारहरु वितरण गरेकी हुन्।

विगत तीन वर्षदेखि प्रदान गर्दै आएको उक्त पुरस्कारमा छापा पत्रकारितातर्फ उपत्यकाबाट प्रकाश सिलवाल र हिमाल लम्साल संयुक्त रुपमा पुरस्कृत भए भने उपत्यका बाहिरबाट खगेन्द्र अधिकारी पुरस्कृत भएका छन्। त्यसैगरी रेडियो पत्रकारितातर्फ रमाकुमारी खड्का र रुमा रिजाल, टेलिभिजन पत्रकारितातर्फ धनविर दाहाल, कोपिला पोखरेल र धनमाया भुषाल तथा बाल कार्यक्रम प्रस्तोतातर्फबाट शोभिता रिसाल र शर्मिला खनाल पुरस्कृत भएका छन्।

त्यसैगरी सामुदायीक रेडियो प्रसारक संघ नेपाल र समितिको सहकार्यमा वितरण गरिएको पुरस्कारबाट रेडियो बाजुरा पुरस्कृत भएको छ।

कार्यक्रममा मन्त्री थापाले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउँदै यसका लागि सञ्चार क्षेत्रले खेलेको भूमिकाको सह्राना गरिन्।। उनले यस्तो पुरस्कारले पत्रकारहरुलाई बालबालिकाका मुद्दाहरु उजागर गर्न प्रोत्साहित गर्ने भएकाले नेपाल पत्रकार महासंघ, सामुदायीक रेडियो प्रसारक संघ र केन्द्रीय बालकल्याण समितिले वार्षिक रुपमा यो पुरस्कार प्रदान गर्ने गरेकोमा धन्यवाद व्यक्त गरिन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुलाई सामाजिक विषयहरुमा लेख्नलाई प्रोत्साहित गर्ने उद्देश्यले महासंघले यस्ता पुरस्कारहरु वितरण गर्ने निर्णय गरेको बताए। महासंघले सिमित निकाय र संस्थाहरुसँग मात्र सहकार्य गरी पुरस्कारहरु वितरण गर्ने गरेको पनि उनले बताए।

पुरस्कृत पत्रकारहरुकातर्फबाट खगेन्द्र अधिकारी र शोभिता रिसालले प्राप्त पुरस्कारले आगामी दिनमा पनि बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्न थप उर्जा मिलेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad