समाज


झन् बढ्दै कोरोना संक्रमण, डब्लूएचओ भन्छ: विश्वमा एकदिनमा थपिए अहिलेसम्मकै बढी संक्रमित

झन् बढ्दै कोरोना संक्रमण, डब्लूएचओ भन्छ: विश्वमा एकदिनमा थपिए अहिलेसम्मकै बढी संक्रमित

नेपालखबर
असार ८, २०७७ सोमबार ३:१२,

कोरोना संक्रमण झन् बढ्दै गएको पाइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा अहिलेसम्मकै बढी एकदिनमै १ लाख ८३ हजार जनामा संक्रमण पुष्टि भएको हो।

यो बितेको २४ घण्टाको तथ्यांक हो। तीमध्ये ६० प्रतिशत संक्रमित त दक्षिण अमेरिकाको मात्रै हुन। विश्वमा अहिले यसबाट अमेरिका नै सबैभन्दा पीडितमा परेको छ।

डब्लूएचओको तथ्यांकअनुसार त्यहाँ अहिलेसम्म २२ लाख ७९ हजार संक्रमित भइसकेका छन् भने तीमध्ये एक लाख २२ हजारभन्दा बढीको हजारभन्दा बढी बिरामीकाे मृत्यु भइसकेकाे छ। 

यसपछि ब्राजिल पीडित बनेको छ, जहाँ ११ लाख संक्रमति भएका छन् भने त्यहाँ ५० हजारको मृत्यु भइसकेको छ। 

डब्लूएचओको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या ८९ लाखभन्दा बढी पुगेको छ भने ४ लाख ६९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad