समाज


कोरोना प्रकोपबीच चीनमा सुरु भयो दश दिने ‘डग मिट फेस्टिबल’

कोरोना प्रकोपबीच चीनमा सुरु भयो दश दिने ‘डग मिट फेस्टिबल’

नेपालखबर
असार ८, २०७७ सोमबार ८:२९,

सरकारले यस फेस्टिबललाई निरुत्साहित गरेपनि कोरोना प्रकोपबीच आयोजकले फेस्टिबललको आयोजना गरेका हुन्।

युलिनमा यो कुकुरको मासु खाने चाड हो। वर्षमा एकपटक आयोजना हुने यस फेस्टिबलमा हजारौं मानिसहरु सहभागी हुन्छन्।

यो फेस्टिबलको विरुद्धमा रहेका अभियानकर्ताले यसपटकको फेस्टिबल नै अन्तिम हुने विश्वास व्यक्त गरेका छन्।

मानव अधिकार समूह, ह्युमन सोसाइटी इन्टरनेसनलका सदस्य पिटर लि भन्छन्,‘उत्सवको नाममा भीडभाड युक्त बजार र रेस्टुरेन्टहरुमा कुकुरको मासुको उपभोग गर्न दिनाले ठूलो स्वास्थ्य जोखिम खडा हुनसक्छ।’

गतवर्षको डिसेम्बर महिनामा कोरोना भाइरस वुहानको माछा बजारबाट फैलन सुरु भएको अनुमान गरिएको छ। त्यसयता मानिसहरुले जंगली जनावरको मासुजन्य पदार्थमा प्रतिबन्ध लाग्नुपर्ने आवाज उठाएका छन्।

कुकुर, बिरालो जस्ता जनावरको मासुमा विभिन्न शहरले प्रतिबन्ध नै लगाएका छन्। गत अप्रिलदेखि सेनजेनले कुकुर र बिरालोको मासु बेच्न र खान नपाइने नियम लागू गरेको छ।

यद्यपी कयौं स्थानमा कुकुरको मासु अझै अपभोग गर्ने गरिएको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad