समाज


बेलायतमा कोरोनाविरुद्ध अर्काे खोप मानिसमा लगाउने तयारी

बेलायतमा कोरोनाविरुद्ध अर्काे खोप मानिसमा लगाउने तयारी

नेपालखबर
असार ११, २०७७ बिहिबार १:२०,

बेलायतमा कोरोना भाइरसविरुद्ध बनाइएकाे अर्काे नयाँ खोप मानिसमा परीक्षण गर्ने तयारी भइरहेको छ। लन्डनको इम्पेरियल कलेजमा ३०० जनालाई यो परीक्षण खोप लगाउने तयारी भइरहेको हो।

खोप परीक्षणको नेतृत्व उक्त कलेजका प्राध्यायपक रोबिन साट्टोकले गरिरहेका छन्।

यो खोप यसअघि जनावरमा गर्दा सफल भएको र यसले भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न मद्दत पुर्‍याएको पाइएकाे वैज्ञानिकले बताएका छन्। 

बेलायतकै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएका खोपको मानवमा परीक्षण भने यसअघि नै सुरु भइसकेको छ। अहिले त्यसको तेस्रो चरणको परीक्षण गर्ने तयारी हुँदै छ।

सबै गरेर अहिले विश्वका १ सय २० वटा खोप विकास भइरहेका छन् भने तीमध्ये १३ खोप क्लिनिकल परीक्षणको चरणमा पुगेका छन्। यी १३ मा चीनमा ५, अमेरिकामा ३ र बेलायतमा २ तथा रुस र जर्मनीमा १-१ खोपमा काम भइरहेको छ। बीबीसी

याे पनि: चीनले विकास गरेको खोप कोरोना रोक्न सफलः अनुसन्धानकर्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad