गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ। बिहीबार बिहान थपिएका ११ संक्रमित चार जिल्लाका छन्।
म्याग्दीका ६, बाग्लुङका २, नवलपरासी पूर्वका २ र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या सात सय ५३ पुगेको प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.बिनोदबिन्दु शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
गण्डकी प्रदेशमा अहिलेसम्म ९१ जना संक्रमित निको भएर घर फर्किएका छन्। संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया