उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौँ, भक्तपुर र ललितपुरका थप ९ जनामा कोरोना पुष्टि भएको बताए।
उनको अनुसार संक्रमितमध्ये काठमाडौँका दुई महिला र दुई पुरुष गरी ४ जना, भक्तपुरका एक महिला र तीन पुरूषमा गरी चार र ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो।
याे पनि : थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार १६२ पुग्यो
उपत्यकाका ९ सहित नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको प्रवक्ता गौतमले बताए।
पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेमा १९ महिला र २९३ जना रहेका छन्।
योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या २ हजार ६५० पुगेको छ। जसमा २१६ महिला र २ हजार ४३४ पुरुष रहेका छन्।
याे पनि : पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित निको भएर घर फर्के
त्यस्तै पछिल्लो २४ घण्टामा दुई पुरुषको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको प्रवक्ता गौतमले बताए।

प्रतिक्रिया