नेपालमा कोेरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ।
चितवनको भरतपुर अस्पतालको आइसोलेनमा रहेका ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हाे।
‘चितवन मेडिकल कलेजमा कोभिड पुष्टि भएपछि उहाँलाई असार ११ राति भरतपुर अस्पतालमा ल्यायएको थियो,’ भतरपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले नेपालखबरसँग भने, ‘आज (शनिबार) बिहान ७ बजे उहाँको मृत्यु भयो।
सूचना अधिकारी पाैडेलका अनुसार उनी कैलालीको गोदावरी नगरपालिका-७ का बासिन्दा थिए। अहिले शव व्यवस्थापनकाे तयारी भइरहेकाे छ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

प्रतिक्रिया