भारतमा कोरोना संक्रमण दर दिनप्रतिदिन बढिरहेको छ। बिहीबार एकदिनमै त्यहाँ साढे २० हजारभन्दा बढी संक्रमित थपिएका छन्।
भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० हजार ९ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो भारतमा एकदिनमा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै बढी हो। योसमेत गरेर भारतमा कूल संक्रमितको संख्या ६ लाख २५ हजार ५ सय ४४ पुगेको छ। तीमध्ये १८ हजार २१३ जनाकाे मृत्यु भइसकेकाे छ भने ३ लाख ७९ हजार ८ सय ९२ जना निकाे भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
— #IndiaFightsCorona (@COVIDNewsByMIB) July 3, 2020#IndiaFightsCorona:
20,903 new #COVID19 cases in India in the last 24 hours, as on 3rd July, 2020, 8 AM. Statewise distribution in the map??#StaySafe #IndiaWillWin
Via @MoHFW_INDIA pic.twitter.com/SFOn4a44mS

प्रतिक्रिया