समाज


गुल्मीको पहिरोमा परी घाइते ६ जनालाई काठमाडौं ल्याइयो, बेपत्ताको खोजी जारी

गुल्मीको पहिरोमा परी घाइते ६ जनालाई काठमाडौं ल्याइयो, बेपत्ताको खोजी जारी

नेपालखबर
असार १९, २०७७ शुक्रबार १३:५७,

गुल्मीको इस्मामा गएको पहिरोमा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडाैं ल्याइएकाे छ। इस्मा गाउँपालिका-१ हस्तिचौरका ६ जना घाइतेलाई नेपाली सेनाको हेलीकोप्टरमार्फत शुक्रबार काठमाडौं ल्याइएको हो।

घाइते मध्ये २७ वर्षीया इश्वरी खत्रीको उपचार शिक्षण अस्पताल महाराजगन्ज र अन्य ५ जनाको सैनिक अस्पताल छाउनीमा भइरहेको छ। ६४ वर्षीया टीका खत्री, २५ वर्षिय वसन्त खत्री, २१ वर्षीया सृजना सारु र ९० वर्षीया पुतली खत्रीको सैनिक अस्पताल छाउनीमा उपचारको व्यवस्था गरिएको हाे।

पहिरोमा परी स्थानीय वसन्त सारुका १८ महिने छोरा सुरज सारु र ईश्वरी खत्री की ७ वर्षकी छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ।

पहिरोका कारण उक्त क्षेत्रमा बसोबास गर्ने करिव १६० घर परिवार प्रभावित भएका छन्।

घाइतेको उद्धारका लागि पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्ट सेनाको हेलिकोप्टरमा दिउँसो घटनास्थल पुगेका थिए। पूर्वमन्त्री बिष्टले पहिरोमा परेर प्रभावित भएका परिवारलाई टेण्ट र खाद्यान्न समेत पुर्‍याएका छन्।

मुसिकोट नगरपालिका–२ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्ती पसल पहिरोले बगाउँदा अन्दाजी ५५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad