पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप ३० जनामा कोरोना पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप ३० जनामा कोरोना पोजिटिभ भेटिएको बताए।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका २१, ललितपुरका २, भक्तपुरका १, वीर अस्पतालमा काठमाडौँका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका ५ जनामा कोरोना पोजिटिभ आएको बताए।
योसँगै पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ हजार ५४७ पुगेको छ।
आज २५ प्रयोगशालामा ४ हजार ७१० जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए।

प्रतिक्रिया