उक्त क्षेत्रमा आतंकवादीहरु लुकिछिपी बसेका सूचना पाएपछि पाकिस्तानको सैनिक सोमबार उनीहरुको खोजीमा निस्किएको थियो।
पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा उत्तरी वाजिरिस्तानमा आतंकवादीहरुलाई खोज्न गएको सेनामाथि लुकेर बसेका आतंकवादीहरुले हमला गरेको उल्लेख गरिएको छ।
गत महिनामा पनि सोही क्षेत्रमा पाकिस्तानी सेनाका दुई जना सदस्यको यसैगरी ज्यान गएको थियो। तर यस आक्रमणका विषयमा कुनै पनि आतंकवादी संगठनले केही बताएको छैन। रासस/एएनआई

प्रतिक्रिया