सोमबार उपचारकै क्रममा जाहानेसबर्ग अस्पतालमा ५९ वर्षको उमेरमा उनको निधन भएको बीबीसीले जनाएको छ।
डेनमार्कका लागि दक्षिण अफ्रिकाको राजदूत रहेकी जिनजीको मृत्युको कारण भने खुलाइएको छैन।
नेल्सन मन्डेलाको दोस्रो श्रीमती विनि म्याडिकिजेलाको कोखबाट उनी जन्मिएकी थिइन्। उनी मन्डेला परिवारको छैठौं सन्तान थिइन्।
जिनजीका पिता नेल्सन मन्डेलाले दक्षिण अफ्रिकाको रंगभेदी शासन अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका थिए।
उनी २७ बर्ष लामो जेल जीवनपछि देशकै पहिलो अश्वेत राष्ट्रपति चुनिएका थिए।
उनलाई सन् १९९३ मा नोबल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो। एजेन्सी

प्रतिक्रिया