स्याङ्जामा पहिरोबाट उद्धार गरिएका तीन जनामध्ये एक जनाको मृतयु भएको छ।
मंगलबार स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ खहरेमा पहिरो जाँदा खानेपानीको मर्मतका लागि गएका ६ जनामध्ये तीन जना बेपत्ता भएका थिए भने तीन जनाको उद्धार गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरो परेर घाइते भएका ईमान सिंह रानाको गल्याङमा उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै पहिरोमा परेर हुमनाथ पाण्डे र वीरबहादुर रानालाई घाइते छन्, उनीहरुको गल्याङमा उपचार भइरहेको छ भने प्रेमचन्द्र पाण्डे, जिमानसिंह थापा र टिकाबहादुर थापा हराइरहेका छन्।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षकको कमाण्डमा र वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट समेत थप प्रहरी टोली खटिएको छ।
यस्तै बेलटारीबाट नेपाली सेनाको टोली र वालिङबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा उद्धारका लागि खटिएको छ।

प्रतिक्रिया