समाजसेवी कमलबहादुर राजलवटले स्वास्थ्यका लागि बहुउपयोगी गुर्जो जातको ३ क्रेट बेर्ना आज नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गरेका छन्।
आन्तरिक राजस्व कार्यालय लाहानमा कार्यरत राजलवटले गुर्जो हस्तान्तरण गर्दै यो बहुउपयोगी औषधी शुरुमा एकलाख बेर्ना वितरण गर्ने लक्ष भएतापनि अब आवश्यकता पर्नेहरुलाई निशुल्क वितरण गरिने बताए।
रुघा खोकी, सबै प्रकारका ज्वरो लगायतका लागि उपयोगी रहेको भन्दै गुर्जो रोप्न मेहनत र लागत कम रहेको बताए। करेसाबारी, कौसी तथा घाम लाग्ने जुनसुकै स्थानमा गुर्जो रोप्न सकिने उनले बताए।
स्वास्थ्यका लागि बहुउपयोगी गुर्जोका विरुवा निशुल्क वितरण गर्ने अभियानमा लागेका राजलवटलाई महासंघका अध्यक्ष आचार्यले धन्यबाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया