अटो


‘नाडाले पहल गर्दा पनि अटोबजारलाई मौद्रिक नीतिले बेवास्ता गर्‍यो’

‘नाडाले पहल गर्दा पनि अटोबजारलाई मौद्रिक नीतिले बेवास्ता गर्‍यो’

नेपालखबर
साउन ५, २०७७ सोमबार ९:४,

कोभिड १९ का कारण ठप्प भएको अटो बजार चलायमान बनाउन नयाँ मौद्रिक नीतिले सम्बोधन गर्ने आशा गरेका अटो व्यवसायी माग सुनुवाइ नहुँदा निराश भएका छन्।

अटो व्यवसायीहरुको संस्था नाडा अटो मोबाइल एसोसिएसनले त ९० प्रतिशतसम्म डाउनपेमेन्टको व्यवस्था गर्नुपर्ने माग गरेको थियो। तर राष्ट्र बैंकले अटो व्यवसायीको कुनै माग सम्बोधन गरेन। सबै व्यवसायीका माग सम्बोधन भए पनि अटो व्यवसायको मुख्य माग सम्बोधन नहुँदा नाडाको पहल पुगेन कि भन्ने प्रश्न उठेको छ।

Akash golcha main image 1

‘हामीले नाडाबाट पहल गरेका हौँ। नाडाबाहेकका उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघमार्फत पनि कुरा गरेका हौँ’, नाडाका उपाध्यक्ष आकाश गोल्छाले नेपालबरसँग भने, ‘तर मौद्रिक नीतिले अटो बजारलाई कुनै सम्बोधन नै गरेन।’

उनले अटो व्यवसायीका माग सम्बोधन नहुँदा निराश बन्ने अवस्था आएको बताए।

Aakash golcha 5

‘मौद्रिक नीतिमा हामीलाई धेरै आशा थियो। हामी फेरि राष्ट्र बैंक, अर्थ मन्त्रालयले जान्छौँ, अनुरोध गर्छौँ’, उनले भने, ‘सरकारलाई स्रोतको अभावका बीच गाडी बिक्रीबाट राजस्व पनि उठ्ने थियो। लिक्विडिटी पनि बढी छ। डाउनपेमेन्ट बढी गर्दा सबैलाई राम्रै हुन्थ्यो।’

फोर्डका लागि नेपालको आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर समेत रहेका गोल्छा कोभिड–१९ को प्रभावबाट आफ्नो व्यवसाय बचाउनको लागि खर्च कसरी कम गरी अस्तित्व जोगाउने हो, त्यसतर्फ लाग्ने अवस्था आएको बताउँछन्।

Aakash golcha 8

‘व्यवसाय सञ्चालन खर्च कसरी कम गर्न सकिन्छ, त्यसतर्फ सोचिरहेका छौँ। अब गाडीको स्टक कम गरेर हुन्छ कि कसरी हुन्छ, कम्पनी जोगाउनुपर्ने अवस्था छ’, उनले भने।

अटो व्यवसायीले डाउनपेमेन्ट मात्रै होइन, आम्दानीको ५० प्रतिशत मात्रै किस्ता तिर्नसक्ने व्यवस्था परिवर्तन गर्न आग्रह गरेका थिए। राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/०७७ को अर्धवार्षिक समीक्षामा आम्दानीको ५० प्रतिशत मात्रै किस्ता तिर्न मिल्ने व्यवस्था गरेको छ।

अटो व्यवसायीले यसको विरोध गर्दै आएका छन्। नाडामार्फत यो नीतिमा पनि उनीहरुले परिवर्तन गर्नुपर्ने माग गरेका थिए।

Aakash golcha 3

‘आम्दानीको ५० प्रतिशत मात्रै मासिक किस्ता तिर्नमिल्ने व्यवस्था परिवर्तन गर्न माग गरेका थियौँ। त्यो पनि सम्बोधन भएन’, गोल्छाले भने।

‘लकडाउनपछिको चारपांग्रे बजारमा उत्साह छैन’
असार १ देखि खुलेको अटो बजारलाई चलायमान बनाउन फोर्डले पनि स्किम ल्याएको छ। स्किमले ग्राहकमा गाडीप्रति चासो बढाए पनि गाडी खरिद गर्ने पक्षमा ग्राहक नभएको गोल्छाको भनाइ छ।

उनी भन्छन्, ‘लकडाउनपछि खुलेको बजारमा केही ‘इन्क्वाइरी’ छ तर सामान्य अवस्थाभन्दा धेरै टाढा छ। स्किमले अलि–अलि चलायमान बनाउन सहयोग गर्यो। केही डिल भएको छ तर धेरै बिक्री भएको छैन।’

कोभिडका कारण मानिसको प्राथमिकता गाडी किन्नमा नभएको उनको बुझाइ छ।

Aakash golcha 11

केही अटो व्यवसायीले कोभिड १९को कारण निजी सावारीमा मानिसको माग बढ्नसक्ने आँकलन गरेका थिए। तर सोचेअनुसार माग नभएको व्यवसायीहरुको भनाइ छ।

‘सार्वजनिक यातायात चढ्ने मानिस गाडी किन्न सक्दैनन्। दुईपांग्रे सवारीतर्फ केही आकर्षण भए होला तर नेपालमा गाडी महंगो हुँदा किन्नसक्ने अवस्था आएन’, उनले भने।

सरकारले बजेटमा विद्युतीय गाडीमा अत्यधिक कर बढाएर अटो क्षेत्रलाई निराश त पारेकै थियो, मौद्रिक नीतिमा समेत व्यवसायीका मागमा कुनै सम्बोधन गर्नसकेन।

‘कोभिड–१९ ले असर त गरिरहेको छ। बजेटले अटो क्षेत्रमा नराम्रो सन्देश दियो। मौद्रिक नीतिले पनि बजार चलायमान बनाउने नीति ल्याएन’, उनले भने।

फोर्डले बजारलाई चलायमान बनाउन विभिन्न स्किमहरु ल्याएको छ।

Aakash golcha

‘अहिलेको बजारमा हामीले २०२० को नयाँ गाडी हो, त्यो नै मुख्य आकर्षण रहेको छ। फोर्डले स्किममा ब्याजदर कम, डाउनपेमेन्टमा अलि सहजीकरण गरेको छ’, उनले भने, ‘स्किम सुचारु छ। कहिलेसम्म जाने भन्नेचाहिँ अहिले नै सीमा तोकेका छैनौँ।’

उनले कोभिड १९को संक्रमणबाट जोगिन हरेक मानिस आउँदा थर्मोमिटर, स्यानिटाजर प्रयोग गर्ने, सामाजिक दूरी कायम गरिरहेको बताए।

फोर्डको नेपालमा अहिले इको स्पोर्ट र फ्रि स्टायलको गाडी लोकप्रिय रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad