समाज


सशस्त्र प्रहरी जवान यादवको हत्यामा संलग्न ३ जना पक्राउ

सशस्त्र प्रहरी जवान यादवको हत्यामा संलग्न ३ जना पक्राउ

नेपालखबर
साउन ८, २०७७ बिहिबार १२:६,

सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान यादवको हत्या गरेर भागेका तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका–३ मखनाहाका २५ वर्षीय जयकेश कुमार यादव, मंगला भन्ने २० वर्षीय दिपेश कुमार यादव र बुलना भन्ने २२ वर्षीय मुकेश कुमार यादव रहेका छन्।

गत असार १६ गते सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरको पानीमा महोत्तरी सोनमा गाउँपालिका–३ घर भई सिरहा नगरपालिका–१७ स्थित बीओपीमा कार्यरत सशस्त्र प्रहरी जवान यादव मृत फेला परेका थिए। घटना अनुसन्धानको क्रममा उनीहरूले सोही दिन दिउँसो सिरहा नगरपालिका–३ स्थित विवाहमा भएको सामान्य विवादमा यादवलाई चोर, चोर भनि करिब ३ किलोमिटर लखेटेर नहरमा डुबाई मारेको खुलेको प्रहरीले जनाएको छ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथी थप अनुसन्धन भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad