प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमित भेटिएका छन्। सबभन्दा बढी पर्सामा ३४ जनामा संक्रमण पुष्टि भएकाे छ।
यस्तै, धनुषामा १२, महोत्तरीमा १३, सप्तरी र सर्लाहीमा १–१ जनामा कोरोन संक्रमित फेला परेका प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रशासक विजय झाले जानकारी दिए।
संक्रमण पुष्टि भएका मध्ये पर्साको वीरगञ्ज महानगरपालिका वडा नंं ५, ११, १२ र ३२ का २ महिला र ५ पुरुष छन्। यस्तै वीरगञ्ज कारागारमा ११ जना पुरुष, श्रीपुर आर्मी ब्यारेकका १ जना आर्मी, नारायणी अस्पतालका १ जना कर्मचारी छन्।
धनुषामा जनकपुरधाम उमहानगरपालिका वडा नं. १,६,७,९ र १० का २ जना महिला र ३ पुरुष छन् भने धनुषाकै मघौराका ३ जना पुरुष, नगराइन नगरपालिका वडा नंं ३ का १ जना पुरुष र समाजिक विकास मन्त्रालयका २ जना कर्मचारी रहेको निर्देशनालयले जनाएको छ।
यस्तै महोत्तरीको रणभीमगण प्रकौली ब्यारेकका १० जना नेपाली सेना, जलेश्वर नगरपालिका वडा न. २ का १ जना, कोल्हुवा बगिया र बल्वा नगरपालिकामा १।१ जना छन् ।
त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १ जना कर्मचारी, सर्लाहीको बागमती नगरपालिकाका १ जना महिला रहेको जनाएको छ।
यससँगै प्रदेश २ मा हालसम्म ४ हजार ५४४ जना संक्रमित फेला परेका छन्। जसमध्ये १२ जनाको मृत्यु भइसकेको छ भने अधिकांश कोरोना जितेर घर फर्किसकेका छन्।

प्रतिक्रिया