विस. २०७७ वैशाख १ देखि साउन १५ सम्म नेपालमा दैवि प्रकोपका विभिन्न घटनाबाट २०९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
विभिन्न घटनामा परी अहिलेसम्म ५८ जना वेपत्ता भएका छन् भने २९९ घाइते भएका छन्।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पहिरोका कारण १५६ ले ज्यान गुमाएका छन्। पहिरोमा परी ४५ जना बेपत्ता भएका छन् भने १३५ जना घाइत भएका छन्।
यस्तै, बाढीबाट ६ को मृत्यु भएको छ भने १३ बेपत्ता र ३ घाइते भएका छन्। चट्याङका कारण मृत्यु हुनेको संख्या ४७ छ। चट्याङ लागेर यो वर्ष मात्रै १६१ जना घाइते भएका छन्।
जेठ ३० गते मनसुन सुरु भएपछि मात्रै पहिरोबाट १४५ को मृत्यु भएको छ। पहिरोमा परी बेपत्ता भएको ४५ जना यसै अवधिका हुन्।
पछिल्लो २४ घण्टामा पहिरोमा परी २ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। अविरल वर्षाका कारण ४ जना घाइते भएका छन् भने पहिरोले तीन स्थानमा बाटो अवरुद्ध भएको छ।

प्रतिक्रिया