नेपालमा पछिल्लो २४ घण्टामा आजसम्मकै उच्चसंख्यामा कोरोना परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ८६७ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिए।
उक्त परीक्षण गर्दा २२४ जनामा कोरोना पुष्टि भएको उनले बताए। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ पुगेको छ।
नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १४ हजार ३९९ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमित निको हुनेको प्रतिशत ७२.८ रहेको छ।

प्रतिक्रिया