सर्वप्रथम गत डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोना भाइरसले अहिलेसम्म संसारका १ करोड ८० लाखभन्दा बढी मानिसलाई संक्रमण गरिसकेको छ।
कोरोना संक्रमणसम्बन्धी विश्वको तथ्यांक अपडेट गर्ने वेबसाइट वर्ल्डओमिटरले केही बेरअघि (आइतबार बिहान १० बजे) सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाले विश्वका १ करोड ८० लाख २० हजार ६८४ मानिसलाई संक्रमित तुल्याइसकेको छ।
जसमध्ये ६ लाख ८८ हजार ७१८ जनाको त ज्यान गइसकेको छ। तर संक्रमितमध्ये अहिलेसम्म १ करोड १३ लाख ३० हजार १४१ जना निको भइसकेका छन्।

प्रतिक्रिया