समाज


लेबनानमा भयंकर विस्फोट, कम्तीमा ७० जनाको मृत्यु, २७०० घाइते (भिडियो)

लेबनानमा भयंकर विस्फोट, कम्तीमा ७० जनाको मृत्यु, २७०० घाइते (भिडियो)

नेपालखबर
साउन २०, २०७७ मंगलबार २३:५९,

लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा बुधबार भयंकर विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ। सयौं घाइते भएका छन्।

लेबनानका स्वास्थ्यमन्त्रीले अहिलेसम्म ७० जनाको मृत्यु पुष्टि गरेका छन्। झन्डै २७०० मानिस घाइते भएकाे उनले बताएका छन्।

लेबनानाका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन्।

अधिकारीका अनुसार विस्फोटक पदार्थ भण्डारण गरिएकाे गाेदाममा विस्फोट भएको हो।

बीबीसी संवाददाताका अनुसार ठूलो मात्रामा मानवीय क्षति भएको छ। शव यत्रतत्र छरिएका छन्।

लेबनानी प्रधानमन्त्री असन दिआबले घटना भयावह भएको बताएका छन्। दोषीलाई नछाडिने चेतावनी पनि उनले दिएका छन्।

समाचार एजेन्सी एएफपीका एक पत्यक्षदर्शीले बताएअनुसार आसपासका कैयाैँ भवन ध्वस्त भएका छन्। यतिबेला अस्पतालहरू घाइतेले भरिएका छन्। 

विस्फोटको आवाज २४० किलोमिटर पर पूर्वी मध्यसागरसम्म सुनिएको थियो।

समाचारअनुसार त्यस गाेदाममा सन् २०१४ देखि नाइट्रेट भण्डारण गरी राखिएको थियो।

राष्ट्रपति माइकल इयोनले ट्विट गरेर २ हजार ७५० टन विस्फोटक पदार्थ नाइट्रेट त्यसरी असुरक्षित तरिकाले राख्नु गलत भएकाे बताएका छन्। विस्फोट कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।

याे विस्फाेट सन् २००५ मा लेबनानका पूर्वप्रधान्त्री रफिक हरिरी हत्याकाण्डकाे अदालतबाट फैसला हुनु ठीकअघि भएकाे हाे।

लेबनान विस्फोटको भिडियो :

 

एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad