समाज


सरकारले जारी गर्‍यो चाडपर्व मनाउने मापदण्ड, के गर्न पाइन्छ, के पाइँदैन?

सरकारले जारी गर्‍यो चाडपर्व मनाउने मापदण्ड, के गर्न पाइन्छ, के पाइँदैन?

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ७:३२,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड–२०७७ जारी गरेको छ।

नेपालीहरुले मनाउने दशैं, तिहारलगायत ठूला चाडपर्वहरु आउन थालेपछि सरकारले उक्त मापदण्ड जारी गरेको हो।

मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने कुरालाई प्राथमिकता दिएको छ। भेटघाट गर्नैपर्ने भए कम्तीमा २ मिटरको दूरी अनिवार्य कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

यस्तै चाडपर्वको समयमा सकेसम्म घरबाहिरको भेटघाटमा नजाने यदि जानैपर्ने भएका सहभागी हुँदा मास्कको प्रयोग अनिवार्य गर्न मापदण्डमा भनिएको छ।

यस्तै धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने सामग्रीहरु नछुन मापदण्डमा उल्लेख छ।

यस्ताे छ मापदण्ड -

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad