गायिका अप्सरा घिमिरेको नयाँ गीत ‘डुब्लिकेट माया’ सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक भएको ‘डुब्लिकेट माया’मा अप्सरा घिमिरे र कृष्ण कार्कीको स्वर छ।
टुरिस्टजंग बिकको शब्द रहेको गीतमा सन्तोष सुनारले संगीत भरेका छन्। म्युजिक भिडियोमा नाजिर हुसेन, सागर लम्साल र आँचल शर्माले अभिनय गरेका छन्।
एरेन्ज रिकेश गुरुङ तथा मिक्स श्यामश्वेत रसाइलीको रहेको छ। म्युजिक भिडियोको निर्देशन मनोज बस्नेत तथा कोरियोग्राफी राजिव समरको रहेको छ।
अप्सराले यसअघि ‘कहिले भेट्ने खोइ न्यास्रोको रिप्लाई’ भर्सन गाएकी थिइन्। जुन गीत युवा पुस्तामाझ निकै चर्चित छ।
भिडियाे-
3
Shares

प्रतिक्रिया