समाज


उपत्यकामा कहाँ–कहाँ पुग्यो कोरोना संक्रमण (सूचीसहित)

उपत्यकामा कहाँ–कहाँ पुग्यो कोरोना संक्रमण (सूचीसहित)

यज्ञराज जोशी
साउन २६, २०७७ सोमबार ८:१३,

काठमाडौं उपत्यकाका लगभग सबै स्थानमा कोरोना संक्रमण फैलिएको पाइएको छ। पछिल्ला दिनमा दैनिक सयको हाराहारीमा कोरोना संक्रमित भेटिन थालेपछि उपत्यका उच्च जोखिममा परेको हो।

उपत्यकामा बाहिरी जिल्लाबाट आएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्ति तथा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा संक्रमण बढ्दो रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।

स्वास्थ्य मन्त्रालयले आइतबार काठमाडौं, ललितपुर र भक्तपुर गरी पुरै उपत्यकामा ९२ जना संक्रमित थपिएको जानकारी दिएको थियो। त्योसँगै उपत्यकामा संक्रमितको संख्या १ हजार १ सय ३५ पुगेको छ।

काठमाडौं जिल्लामा मात्रै ९ सय १३ संक्रमित भइसकेका छन। यस्तै ललितपुरमा १ सय ३८ र भक्तपुरमा ८४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

काठमाडौंमा कहाँ–कहाँ संक्रमण?
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार राजधानीका ५० भन्दा बढी स्थानमा संक्रमण भेटिसकेको छ। संक्रमण भेटिएपछि काठमाडौंका विभिन्न स्थानलाई सिल (बन्द) पनि गरिएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंले साउन १९ देखि साउन २४ सम्म काठमाडौं जिल्लाका बिभिन्न ठाउँमा देखिएका संक्रमितको विवरण यस्तो छः

१–१ जनामा संक्रमण भएका ठाउँहरु
बालाजु, चन्द्रागिरी, चावहिल, गोकर्णेश्वर, कलंकी, थानकोट, विजुलीबजार, बसन्तपुर, न्यूरोड, फर्पिङ, कोटेश्वर, गोलढुंगा, नारायणथान, तारकेश्वर, गौरीघाट, महाराजगञ्ज, बुद्धनगर, बौद्ध, कागेश्वर मनोहरा, नयाँबजार, शंकरापुर, तीनकुने, अनामनगर, गोंगवु, धापासी, बग्गीखाना

२–२ जनामा संक्रमण भएका ठाउँहरु
सीतापाइला, बौद्ध, बनस्थली, भोटाहिटी, कपन, टोखा, कीर्तिपुर, डिल्लीबजार

३–३ जनामा संक्रमण भएका ठाउँहरु
कालिमाटी, शान्तीनगर, नागार्जुन,

४–४ जनामा संक्रमण भएका ठाउँहरु
हाडीगाउँ, पुतलीसडक, घट्टेकुलो, चप्पल कारखाना, बालुवाटार

५ भन्दा बढीमा संक्रमण भएका ठाउँहरु
काठमाडौंमा भेटिएका मध्ये बानेश्वरका १२ जना, ठेगानामा काठमाडौंमात्र लेखाएका ७ जना, बाँसबारीका ६ जना, नक्साल, धुम्बाराही र बुढानिलकण्ठ।

भक्तपुरमा हालसम्म कहाँ–कहाँ भयो संक्रमण?
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार आइतबारसम्म साँघुमा १४ जना, मध्यपुर ठिमी नगरपालिकामा १८ जना तथा सूर्य विनायक नगरपालिकामा ११ जनामा संक्रमण देखिएको छ। यस्तै सोहि जिल्लामा रहेका सरकारी क्वारेन्टिनमा १६ जना संक्रमित रहेका छन।

ललितपुरमा अहिलेसम्म संक्रमित भेटिएका ठाउँहरु
स्वास्थ्य कार्यालय ललितपुरका कोरोना फोकल पर्सन उपेन्द्र अर्यालका अनुसार आइतबारसम्म ललितपुर महानगरपालिका ठेगाना लेखाएका १०६ जना, गोदावरी नगरपालिकामा १७ जना, महालक्ष्मी नगरपालिकामा २३, बागमती गाउँपालिका ३ जना, महान्काँल गाउँपालिकामा २ र कन्जोसोममा १ जना संक्रमित रहेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .