राजनीति


चीनले ताइवान नजिकका तटीय शहरहरुमा हतियारहरु तैनाथ गर्न थाल्यो

चीनले ताइवान नजिकका तटीय शहरहरुमा हतियारहरु तैनाथ गर्न थाल्यो

नेपालखबर
साउन २६, २०७७ सोमबार ८:१४,

चिनियाँ जनमुक्ति सेनाले ‘जल र जमीन’ दुवैमा प्रयोग हुनसक्ने हतियारहरु बढाएर तैनाथ गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ताइवान पुनर्मिलन गराउने उद्देश्यका साथ ताइवान नजिक पर्ने तटीय शहरहरुमा चीनले हतियारहरु तैनाथ गरेको विज्ञहरु बताउँछन्।

प्रभावशाली सैन्य म्यागेजिन कान्वा एसियन डिफेन्समा भूउपग्रहले खिचिएका तस्बिरहरु सार्वजनिक भएका छन्। जहाँ चीनले ताइवान नजिकका क्षेत्रमा टाइप ०५ एम्फिबियस आर्मर्ड भेइकलहरु तैनाथ गरेको देखिएको छ।

कान्वा एसियन डिफेन्स म्यागेजिनका सम्पादक आन्द्री चाङका अनुसार चिनियाँ जनमुक्ति सेनाका स्थलसेना निकै शक्तिशाली छन्, उनीहरुले क्षेप्यास्त्र शक्ति बिना नै ताइवानमा आक्रमण गर्न सक्दछन्।

A satellite image shows China’s PLA has deployed many amphibious armoured vehicles to its newly established amphibious combined arms brigades in the Eastern Theatre Command across from Taiwan. Photo: Kanwa Defence Review

चीनले ताइवान नजिकका क्षेत्रमा पीसीएल१९१ मल्टिपल लन्च रकेट प्रणाली पनि तैनाथ गर्न लागेको प्रमाणहरु रहेको बताइएको छ।

यस रकेट लन्चरहरुबाट ३५० किलोमिटर टाढासम्म क्षेप्यास्त्र प्रहार गर्न सकिन्छ। यसको मतलब चीनले पश्चिमी ताइवान र राजधानी ताइपेइसम्म नै आक्रमण गर्नसक्छ।

ताइवानले आफू लोकतान्त्रिक मुलुक भएको बताउँछ तर चीनले ताइवानलाई आफ्नो मुलुकको अंगको रुपमा हेर्ने गरेको छ।

चीनले आवश्यक परेको खण्डमा आफूले शक्ति लगाएर ताइवान कब्जा पनि गर्नसक्ने बताइरहँदा ताइवानले चिनियाँ खतरासँग जुध्नलाई आफ्नो रक्षाशक्ति मजबुत बनाउन थालेको बताएको छ।

गत मे महिनामा ताइवानकी राष्ट्रपति साइ इंग–वेनले आफ्नो नयाँ कार्यकालमा क्षेप्यास्त्र कार्यक्रम अगाडि बढाउने र प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउने बताएकी थिइन्।

उनले चीनको एक देश दुई प्रणाली नीति ताइवानमा नचल्ने पनि बताएकी थिइन्।

China’s ZBD-05 amphibious infantry fighting vehicle is designed for fast landings. Photo: TASS via Getty Images

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनबाट खतरा महसुस हुन थालेपछि ताइवानले चीनसम्मै पुगेर मार हान्नसक्ने क्षेप्यास्त्रको विकास गरिरहेको छ।

केही समय अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङले ताइवानका अलगाववादीबाट चीनलाई खतरा उत्पन्न भएकाले चिनियाँ जनमुक्ति सेनाले युद्धको तयारी थाल्नुपर्ने बताएका थिए।

सीले आफ्ना सेनालाई युद्धको तयारी थाल्न बताइरहँदा ताइवान नजिकका चिनियाँ तटीय शहरमा हतियारहरु तैनाथ गर्न थालिएको हो।

यो पनि:

चीनबाट खतरा महसुस हुन थालेपछि ताइवानले क्षेप्यास्त्र कार्यक्रम अगाडि बढाउँदै

ताइवानले भन्योः चीनको एक देश दुई प्रणाली यहाँ चल्दैन

ताइवानलाई लोकतान्त्रिक मुलुक भनेपछि अमेरिकासँग चीन रुष्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad