साउदीमा ज्यान गुमाएका ९५ नेपालीका परिवारले पाउन बाँकी रकम कम्पनीले उपलब्ध गराएका छन्।
विभिन्न समयमा ज्यान गुमाएका व्यक्तिले पाउन बाँकी तलब, भत्ता, बोनस बापतको रकम सम्बन्धित कम्पनीले उपलब्ध गराएका हुन्। दुई जना मृतकका परिवारले पाउने ब्लडमनी बापतको रकम पनि दूतावास मार्फत पठाइएको छ।
९५ जनाका परिवारलाई करिव ४ करोड ६४ लाख ३८ हजार ५ सय रुपैयाँ पठाइएको छ। विभिन्न कम्पनीले दूतावासको नाममा जम्मा गरेको रकम दूतावासले नेपालस्थित कन्सुलर सेवा विभागको खातामा ट्रान्सफर गरेको छ। यी मध्ये केहीको ब्लडमनि वापतको रकम समेत आएको छ।
रुकुमका ढाटे बुढा र सिराहका प्रदीपकुमार यादवका परिवारले झण्डै ४८ लाख रुपैयाँका दरले ब्ल्डमनी पाएका छन्। उनीहरुको साउदीमा हत्या भएको थियो। परिवारको माग अनुसार नै साउदीस्थित अदालतले उनीहरुलाई उक्त रकम ब्लडमनी बापत पीडक परिवारबाट भराएको हो।
यस्तै, अन्य केही व्यक्तिका मुद्दा कोरोना भाइरसका कारण प्रभावित भएको र अवस्था सामान्य भएपछि दूतावासले पहल गर्ने पनि दूतावासले जनाएको छ।
कसका परिवारले कति पाउँछन् ?




प्रतिक्रिया